 ४ असार, काठमाडौ । अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मूल्यवृद्धि आफै घट्दै जाने दावी गरेका छन ।
४ असार, काठमाडौ । अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मूल्यवृद्धि आफै घट्दै जाने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मुल्यवृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्यवृद्धि कम गर्ने योजनामा सरकारले छलफल थालिसकेकोले बजेट कार्यान्वयनमा जाने वित्तिकै मुल्यवृद्धि घट्ने स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री भण्डारीले भने,’ मुल्यवृद्धि घटाउन सरकारले ठोस योजना छिट्टै ल्याउँछ । अहिले हामी आन्तरिक रुपमा छलफलमा छौ । कृत्रिम अभाव सृजना गरेर मुल्यबृद्धि गर्नेहरुलाई सरकारले कडा ढंगले कारवाही गर्छ ।’
उनले विगतमा बजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नुका कारण र पुजिगत खर्चहरु हुन नसकेको परिस्थितिको विषयमा सरकारले छलफल चलाईसकेको जानकारी दिदै साउन १ गतेबाटै सबै मन्त्रालयहरुलाई बजेटकेा अख्तियारी दिएर बजेट कार्यान्वयनमा लैजाने विश्वास ब्यक्त गरे ।
बजेट कार्यान्वयनको क्रममा देखिएका सबै अवरोधहरुलाई कानूनी रुपमै फुकाएर अघि बढ्ने योजनामा सरकार रहेको समेत सुनाए । मन्त्री भण्डारीले बजेट कार्यान्वयनकोलागि सरकारले कार्यतालिका बनाएर ब्यवस्थापिका संसदमै छलफल गरेर नयाँ अभ्यास थाल्ने तयारी गरिरहेको जानकारी दिँदै अहिले आफूहरु अहिलेसम्मका बजेट कार्यान्वयनमा देखिएका समस्या र चुनौतिको बारेको विश्लेषणमा रहेको सुनाए ।
उनले संविधानमा ३१ वटा मौलिकहकहरु रहेकोले त्यसलाई कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने गरी बजेट निर्देशित भएकोले ठूलो आकारको भएको भन्दै बजेट कार्यान्वयनका चुनौतिहरु खोजेर त्यसलाई समाधान गरि कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले बर्तमान सरकार यथास्थितिमा रहन नचाहेकोले हिम्मत गरेर सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याएको भन्दै कर्मचारीको तलब बृद्धि, सामाजिक सुरक्षा खर्च बृद्धि जस्ता कारणले मुल्यवृद्धि नहुने ठोकुवा गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4