Comments Add Comment

बलात्कारका घटना बढे, बालिकादेखि हाडनातासम्म असुरक्षित

Rape५ असार, काठमाडाैं । वैशाख १६ गते इलामको शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए ।

प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले जेठ १६ गते राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । अाजको अन्नपूर्णमा समाचार छ ।

जेठ ३२ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको सुनुवाई गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको छ । यस्तै, हाडनाता करणीसम्बन्धी मुद्दामा राईविरुद्ध जबर्जस्ती करणी महलको २ नम्बर बमोजिम हाडनाता करणीको ३ (१) मा व्यवस्था भएअनुसार थप ६ महिना कैद र ५० हजार रुपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउनेगरी फैसला गरेको ढकालले जानकारी दिइन् ।

इलामकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सप्तरी राजविराजका २३ वर्षीय मञ्जेसकुमार दासलाई प्रहरीले गिरफ्तार गर्यो । जेठ १६ गते उपचार गराउन भन्दै घरबाट हिँडेकी ती बालिकालाई बीच बाटोमा आइपुगेपछि अस्पतालसम्म पुर्याइएको भन्दै दासले ल्याएका थिए ।

इलाम बजारस्थित एक होटलमा रेडबुलसँगै लट्याउने पदार्थ खुवाएका दासले बालिका लाटिएपछि विवाह गरौं भन्दै फकाएर लगेको पीडित बालिकाका आफन्तले दिएको उजुरीमा उल्लेख छ ।  जेठ २४ गते ती बालिकाले आफूलाई झुक्याएर झापामा राखेको र भारत लान लागेको खबर घरमा गरेपछि बालिकाका परिवारले प्रहरीमा खबर गरेका थिए  ।

झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।

पछिल्ला ६ महिनामा इलाममा विभिन्न बहानामा ६ बालिका र एक महिला बलात्कारको सिकार बनेका छन् । र सुलुबुङ गाविस-२ का २२ वर्षीय सुरेन्द्र राईमाथि फागुन १८ गते १२ वर्षीया बालिकालाई बलात्कारको आरोप लाग्यो । पीडित पक्षले उनीमाथि कारबाही माग गर्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीपछि आरोपीलाई फागुन १८ गते नै पक्राउ गरी कारबाही बढ्यो । २०७० सालयता पटक-पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेपछि राई अहिले थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment