Comments Add Comment

पाल्पामा ४० उत्कृष्ठ महिला उद्यमीको घोषणा

palpa_udhyog५ असार, पाल्पा । पाल्पा जिल्लाका ४० उत्कृष्ठ महिला उद्यमी छनौट भएका छन् । दायित्व र इनोभेषन एक्सन पाल्पाले संचालन गरेको ग्रामीण महिला उद्यम प्रतियोगिता अन्र्तगत सहभागी जिल्लाभरका २ सय ५१ महिला उद्यमी मध्ये उत्कृष्ठ ४० छनौट गरि घोषणा गरिएको हो ।

शनिवार एक कार्यक्रमकाबीच उत्कृष्ठ ४० उद्यमीलाई प्रमाणपत्र समेत प्रदान गरियो । कार्यक्रमकी प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयकी महिला बिकास अधिकृत तुल्सा अर्यालले यस प्रकारको कार्यक्रमले महिला उद्यमशीलता प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले आफू पनि उद्यमी बन्न र अरुलाई पनि प्रेरित गर्न सहभागी महिला उद्यमीहरुलाई आग्रह गरिन् ।

संस्थाका कोषाध्यक्ष ध्रुवराज भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार भगवान भण्डारी, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, उद्यमी केशव कार्की, गोमादेवी गैरे लगायतले कार्यक्रमको सफलताको कामना गरे ।
दायित्वकी कार्यक्रम अधिकृत मिनु महर्जनले पाल्पा जिल्लाबाट सहभागी २ सय ५१ महिला उद्यमीमध्ये फारमको आधारमा ४० उद्यमी छनौट गरिएको बताइन् ।

एसएमएसको आधारमा उत्कृष्ठ २० छनौट गर्ने र उद्यमीको घर घरमै पुगेर अनुगमन गरेपछि उत्कृष्ठ १० छनौट गरि प्रतिउद्यमी २५ हजारका दरले पुरस्कार स्वरुप उपलब्ध गराउने योजना रहेको उनले बताइन् ।

संस्थाका अध्यक्ष माधव बश्यालको अध्यक्षता र परियोजना ब्यवस्थापक यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment