+
+
Shares

अंकितासँग प्रेम छुटेपछि सुशान्तको कृतीसँग अफेयर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते ११:१२

sushant and kriti in love affair
बलिउडमा प्रेम छुट्नु र जुट्नु नयाँ कुरा रहेन । नायक सुशान्त सिंह राजपुत र टेलिभिजन स्टार अंकिताविच करिब ६ बर्षको प्रेममा ब्रेक लाग्यो । यी दुई अलग भएको खबरले मिडियामा राम्रै स्थान पनि पायो ।

तर, अंकितासँग प्रेम टुटेपनि सुशान्त एक्लो छैनन् । उनले नयाँ प्रेमिका पाएका छन् । चलचित्र ‘हिरोपन्थी र दिलवाले’मा काम गरेकी सुन्दरी कृति सेनन उनकी नयाँ प्रेमिका भएको चर्चा बलिउड बजारमा चल्न थालेको छ ।

चलचित्र ‘राब्ता’को छायांकनका क्रममा यी दुइ नजिक भएका हुन् । बुडापेष्टमा चलचित्रको छायांकन गर्ने क्रममा यी दुई नजिक भएका थिए । यी दुइले खानेकुरा समेत एउटै प्लेटमा शेयर गर्न थालेको दाबी मिडियाको छ ।

चलचित्रको छायांकन सकेर मुम्बई फर्किएको यो जोडीको प्रेम झनै चर्चामा आउन थालेको छ । सुशान्तले हालसालै मुम्बइको हिल रोडमा फ्ल्याट खरिद गरेका छन् ।

फ्ल्याट किनेको अवसरमा उनले शनिबार राती पार्टीको आयोजना गरे । जहाँ उनले उनका केही नजिकका साथीलाई मात्र निमन्त्रणा दिए । जसमा उनले प्रेमिका कृति सेननलाई बोलाएका थिए । तर, उनले पूर्व प्रेमिका अंकितालाई बोलाउन आवश्यक ठानेनन् । कृति र सुशान्तले आफूहरुको प्रेमलाई चाडै नै सार्वजनिक गर्ने भारतीय मिडियाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?