Comments Add Comment

रोसिस्की युरोकपबाट बाहिरिए, चेक अफ्ठ्यारोमा

Tomas_Rosicky

तिघ्राको चोटका कारण चेक रिपब्लिकका मिडफिल्डर थोमस रोसिस्कीले युरोकपका बाँकी खेल गुमाउने भएका छन् ।

चिकित्सकले उनलाई ६ साता आराम पर्नुपर्ने सल्लाह दिएका छन् । टोलीका प्रमुख खेलाडी चोटग्रस्त भएपछि जारी युरोको समूह डी मा रहेको चेक रिपब्लिकको प्रदर्शनमा असर पर्ने भएको छ ।
समूहका दुई खेलमा १ जित र १ हारसँगै १ अंक जोडेको चेकले प्रतियोगिताको दोस्रो चरण प्रवेशको सम्भावना जीवितै राख्न समूहको अन्तिम खेलमा टर्कीलाई हराउनै पर्ने दबाव छ ।

क्रोएशियाबिरुद्धको खेलमा उनी चोटग्रस्त भएका थिए । त्यस खेलमा क्रोएशियाले २ गोलको अग्रता लिएर पनि चेकले उत्कृष्ट पुनरागमन गर्दै बराबरीमा रोकेको थियो । उनी कम्तिमा एकदेखि डेढ महिना मैदानबाहिर हुनेछन् ।

च्ोटग्रस्त भएपनि उनी फ्रान्समै टोलीको साथमा छन् । चेक आइतबार राति लेन्स शहरमा हुने समूहको अन्तिम खेलमा टर्कीबिरुद्ध उत्रँदैछ । रोसिस्कीले भनेका छन्, ‘तीन अंक हासिल गर्नको लागि मैले कडा मेहनत गरेको थिएँ । तर, दुर्भाग्यबस म घाइते हुन पुगेँ, मेरा टोलीका सहकर्मी खेलाडीले टर्कीसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’

चेक रिपब्लिक समूह डीको तेस्रो स्थानमा छ । यो समूहमा स्पेन ६ अंकका साथ शीर्ष स्थानमा छ र नकआउट चरणका लागि छनौट भइसकेको छ । क्रोएशिया ४ अंकका साथ दोस्रो स्थानमा छ भने दुबै खेलमा पराजित भएको टर्की समूहको अन्तिममा छ । यस समूहमा क्रोएशिया र स्पेनबीच हुने समूहको अन्तिम खेलले समूह बिजेताको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment