Comments Add Comment

दाइजोमा औंठी नपाएको भन्दै इन्जिनियरले गरे श्रीमतीलाई घर निकाला

६ असार, काठमाडौं । सुनको औंठी माइतीबाट दाइजो नपाएपति रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिगि्रएको भन्दै घर निकाला गरिएको छ ।

gold_ringविवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रोतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी विवाह भएको थियो । अाजकाे अन्नपूर्णमा समाचार छ ।

विवाहअघि कबोल भएअनुसार काठमाडोंमा घडेरी किन्न लवलीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलईडी , सुनको सिक्री, औंठीलगायतका गरगहना दाइजो दिएको जानकारी युवतीका बाबुले दिएका छन् ।

नवीनले माइतीबाट पोखराज जडित सुनको औंठी माग्न श्रीमतीलाई दैनिक दबाब दिँदै आएका थिए । पीटित युवती स्नातका उत्तीर्ण हुँदा उत्कृष्ठ अंक ल्याएबापत बिहार सरकारबाट सम्मानित भएकी थिइन् ।

उनले आफूले दाइजोको बिरोध गर्दा सासूससुरा र श्रीमानले पागल भन्दै घर निकाला गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment