Comments Add Comment

काबुल आक्रमणबारे सरकारले सदनमा जानकारी गराउने

Kamal-Thapa

६ असार, काठमाडौं । १४ जना नेपालीको ज्यान जाने गरी भएको अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणबारे सरकारले संसद बैठकमा जानकारी गराउने भएको छ ।

सोमबारको संसद बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले काबुल आक्रमणबारे जानकारी गराउँदै सरकारको धारणा पनि राख्नेछन् ।

थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले परराष्ट्रमन्त्री थापाले केहीबेरमा संसदमा सम्बोधन गर्ने अनलाइनखबरलाई जानकारी दिए ।

काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा १४ जना सुरक्षा गार्डको मृत्यु भएको छ । आक्रमणमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना नेपाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment