Comments Add Comment

काबुलमा मारिएका मधुसुदनले भूकम्पमा गुमाएका थिए छोराछोरी

७ असार, नुवाकोट । काबुल आक्रमणमा परि मारिएका १२ नेपालीमध्येका एक हुन् नुवाकोटका मधुसुदन कोइराला । कल्याणपुर गाविस-१ अजिङ्गरेका कोइरालाको परिवारले एक वर्षअघि मात्रै ठूलो वियोग खेप्नुपरेको थियो ।

Madhusudan-Koirala,-Nuwakot-Final२०७२ साल वैशाख १२ गतेको भूकम्पमा छोरा शिशिर र छोरी स्वस्तिका गुमाएका थिए । अहिले कोइरालाका श्रीमती मैया र तीन छोरीहरु काठमाडौंको लोलङ हाइटमा बस्दै आएका छन् ।

तीन वर्षदेखि कावुलमा रहेर क्यानेडियन राजदूतावासको सुरक्षामा खटिएका भूतपूर्व सैनिक कोइराला एक महिनाअघि मात्रै नुवाकोटबाट विदा मनाएर फर्किएका थिए । बिदा मनाउनका लागि नेपाल आएका बेला उनले भूकम्पमा परी स्वर्गीय भएका सन्तानहरुमा समर्पण गर्दै गीतसमेत तयार गरेका छन् ।

भर्खरै बजारमा आएको ‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ बोलको गीतको रचना गरेका र त्यस गीतमा अभिनयसमेत गरेका कोइरालाको मृत्युको खबरले अंजिगरेमा सन्नाटा छाएको छ ।

अन्य दुईको ठेगाना खुलेन

काबुलमा हिजो बिहान भएको आत्मघाती हमलामा मारिएका १२ जना नेपालीमध्ये तीन जना नुवाकोट जिल्लाका छन्, तर अहिलेसम्म एक जनाको मात्रै ठेगाना खुलेको छ ।

मृतकमध्यका मधुसुदन कोइरालाको ठेगाना खुने पनि अन्य दुई जनाको ठेगाना अझै खुल्न सकेको छैन । मृत्यु हुने डम्बरबहादुर तामाङ र लिलबहादुर गुरुङ्गको ठेगाना नखुलेको हो ।

सोही घटनामा घाइते भएका च्याङ्वा तामाङ पनि नुवाकोटका हुन्, तर उनको पनि ठेगाना खुलेको छैन । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले मृतकबारे परराष्ट्र मन्त्रालयबाट थप विवरण नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment