Comments Add Comment

पत्रकार महासंघ कतार शाखाको ईफ्तार कार्यक्रम सम्पन्न

roja_katarदोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

नेेपाल पत्रकार महासंघको बैदेशिक शाखाको रुपमा रहेको कतार शाखाद्धारा आयोजित ईफ्तार कार्यक्रममा कतारका क्रियाशिल  पत्रकारहरुको सहभागीता रहेको थियो । मंगलबार सनैयाको रोटाना होटलमा पत्रकारहरुले ईफ्तार खोलेका थिए ।

अध्यक्ष गणेश प्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका सल्लाहकार तथा कान्तिपरुका अरव व्यूरो होम कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । विगत देखी नै विभिन्न धर्म र सँस्कृतीलाई कतारमा समेत मनाउदै आएको र विभिन्न धर्म र समुदाय विच भाईचाराको विकास गर्ने उद्धेश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बन्जाडेले बताए ।

ईफ्तार र परिचयात्मक कार्यक्रमसँगै गत शुक्रबार नेपाल पत्रकार महासंघले आयोजना गरेको आधारभुत पत्रकारिता तालिमका लागी कतार आएका पत्रकार यज्ञशलाई कदरपत्रले सम्मान गरिएको थियो । उनले आधारभुत पत्रकारिताको बारेमा प्रशिक्षण दिएका थिए । उनलाई विगत लामो समय देखी संचार क्षेत्रमा रही कलमको माध्यमबाट नेपाली जनतालाई सु-सुचित गराउन खेलेको महत्वपुर्ण भुमिकाको मुल्यांकन गर्दै कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै  यज्ञषले प्रवासमा जागीरसँगै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई हौषला दिनु पर्ने बताए । विशेष गरि नेपाली समुदायको बारेमा र सहयोगी भावनाका साथ पत्रकारितालाई अघाडी बढाउनु पर्ने उनले बताए ।

कतारको एकहप्ते बसाईमा समाजको यथार्थ व्यवाहारीक पत्रकारिता प्रवासमा गरिने बुझेको भन्दै अनलाईनमा समाचार बनाउदा ध्यान दिनुपर्ने बताए । समाचार बनाउने क्रममा त्यसको महत्वको बारेमा बुझ्न जरुरी रहेको उनको भनाई थियो । प्रवासमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई उनले भने ‘पत्रकारले आफ्नो क्षमता बढाउन अध्ययन नै महत्वपुर्ण कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment