+
+
Shares

तालिवानसँग नेपालीको कुनै द्वेष थिएन, निर्दोष मारिएः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते २०:४९
Nepalis-Dead-Body-in-Kathmandu
मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री केपी ओली

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनालाई कायरतापूर्ण भनेका छन् ।

तालिबानको आक्रमणमा मारिएका नेपालीहरुको शव बुझ्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताए ।

अहिले सरकार प्राथमिक काम गरिरहेको भन्दै उनले बाँकी निर्णयहरु पछि गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?