Comments Add Comment

मनिषा मृत्युप्रकरणः प्रेमी आशिष पुर्पक्षका लागि थुनामा

Nabalparasi-Jilla-Adalt

८ असार, नवलपरासी । नेपाल राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्या आरोपमा पक्राउ परेका प्रेमी रुद्रनारायण चौधरी (आशिष)लाई जिल्ला अदालत नवलपरासीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतको ५ नम्बर बेन्चका न्यायाधीश बासुदेवलाल श्रेष्ठको एकल इजलासले चौधरीलाई पछि ठहरे बमोजिम हुने गरी मुलुकी ऐन ११८, २ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत नवलपरासीका शाखा अधिकृत लक्ष्मण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

मुद्दामा विमलको परिवारको तर्फबाट सरकारी अधिवक्ता रुद्र प्रसाद पन्थी र अन्य अधिवक्ताहरु सुदर्शन पन्त, आनन्द प्रसाद भुसाल, बाबुराम पोख्रेल, ध्रुवराज नन्द गरी ५ जनाले बहस गरेका थिए । अभियुक्त चौधरीको तर्फबाट ३ जना रमेश चौधरी, धनजैसी शर्मा र मित्रलाल लामिछानेले बहस गरेका थिए ।

नवलपरासी प्रहरीले २५ दिनको अनुसन्धान पश्चात मनिषाको हत्या उनकै प्रेमी आशिषले नै गरेको निश्कर्ष निकाल्दै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३, ३ बमोजिम कर्तव्य ज्यानमा सर्वस्वहित जन्मकैदको माग गर्दै सोमबार जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएपछि मंगलबार जिल्ला अदालतले आशिषसँग बयान लिएको थियो ।

१८ वर्षीया मनिषा गत जेठ १३ गते बिहान नवलपरासीको बर्दघाट-८ भुतास्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment