Comments Add Comment

अफगानिस्तानसहित चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध

काबुलमा मारिएकोको परिवारलाई १० लाख क्षतिपूर्ति

Pm-office

९ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

काबुल घटनामा मारिएका १२ जनाको शव बुधबार नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । उपचारका क्रममा मृत्यु भएका च्याङ्बा तामाङको शव भने भोलि विहान ल्याउने तयारी छ ।

मन्त्रिपरिषदको वैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई ४ वर्षको लागि नियुक्त गरेको छ । यस अघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो ।

यस्तै झुटो विवरण पेश गरि नेपाली नागरिकता लिने आशिश चटर्जी बााके र मोहन पाण्डे पर्साको नेपाली नागरिकता रद्द गरेको छ । साथै नागरिकता प्रदान गर्ने सरकारी अधिकारीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment