
११ असार, काठमाडौं । नवलपरासी बर्दघाट नगरपालिका ९ भुताहामा रहेको घरमा एक महिनाअघि अफगानिस्तानबाट छुट्टीमा आएका मानबहादुर थापालाई छिमेकी दिदीले भनिन्, ‘त्यस्तो देशमा किन जानुहुन्छ बाबु नजानुस् भो । सरभर नेपालमै बसेर इलम गर्नुस्, नभए अर्को कुनै देश जानुस् ।’
छिमेकी दिदी मात्र होइन घर, परिवार र आफन्तले पनि मानबहादुरलाई अफगानिस्तान नजान भनेका छन् । तर उनी मानेका छैनन् । उनी सधै एउटै नहुने र यो भन्दा पहिले त्यस्तो घटना नभएको भन्दै जाने सुरमा छन् ।
उनी आफन्त भेटघाटमा व्यस्त छन् । छुट्टी सकिन लागेकोले आफन्तको भेटघाटमा व्यस्त रहेको उनले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।
अफगानिस्तानमा ठूलो घटना भयो अब फेरि पनि जानुहुन्छ ? भन्ने जिज्ञासमा उनले भने, ‘सधै कहाँ त्स्तो हुन्छ र ? घटनालाई अकल्पनीय र विभत्स भन्दै उनले भने मारिने सवै मेरै कम्पनीमा काम गर्ने साथी हुन् । सायद त्यहा भएको भए म पनि मारिन्थे होला ।’
अफगानिस्तानमा भएको हमलापछि नेपाल सरकारले प्रतिवन्ध लगाएका कारण मानबहादुरलाई जान पाइन्छ कि पाइँदैन भन्नेमा अन्योल छ । नयाँ रोजगारीलाई प्रतिवन्ध लगाए पनि छुट्टीमा आएकाहरुका लागि भने फेरि र्फकने वातावरण मिलाउन नेपाल सरकारले अफगानी सरकारसँग पहल गर्नुपर्ने मानबहादुरको माग छ ।
प्रतिक्रिया 4