
११ असार, वीरगन्ज । वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले आज २० किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरबाट भित्र्याइएको चरेस घ्युको ग्यालेनमा लुकाइ भारततर्फ लैजाने क्रममा प्रहरीले तीन जना युवकसहित उक्त परिमाणको लागुऔषध नियन्त्रणमा लिएको हो ।
पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका– २ छपकैया निवासी जावेद आलम, वडा नं ३ निवासी राजा अन्सारी र मकवानपुर हेटाैँडा– ८ निवासी सुमन लामा रहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
मकवानपुरबाट खरिद गरिएको चरेस रक्सौलतर्फ लैजान लागेको पूर्व सूचनाका आधारमा तीनै जनालाई पक्राउ गरिएको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4