मलेसिया । फिलिपिन्समा अलपत्र परेका १६ नेपालीमध्ये ७ जना नेपालीको शनिवार उद्धार गरिएको छ । नेपाली मानव तस्करहरुले अमेरिका र अस्ट्रेलिया पठाईदिन्छु भन्दै उनीहरुलाई फिलिपिन्समा पुर्याएर अलपत्र पारेका थिए ।
नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा पुरयाइएका उनीहरुलाई मानव तस्करहरुले समुन्द्री क्षेत्रमा कागजातविहिन अवस्थामा छोडेका थिए । फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा रहेको टापुहरुको राज्य फेडरेटेड स्टेट अफ माइक्रोनेसियाको याप राज्यका टापुहरुमा रहेको अवस्थामा उनीहरुलाई माइक्रोनेसियाका अध्यागमन अधिकारीहरुले पक्राउ गरी घर फिर्ति केन्द्रहरुमा राखेका थिए ।
शनिवार उद्धार गरिएकाहरुमा पाल्पाका वसन्तवहादुर दर्लामी, चितवनक ाप्रविन लामा, स्याम्युल तामाङ र जयराम वाइवा, मकवानपुरका सोम बहादुर लामाथिंङ, इलामका सन्जिव राई, र धनुषाका अमितकुमार साह रहेका छन् ।
नेपालीहरु घर फिर्ति केन्द्रमा रहेको खवर थाहाँ पाएसँगै मलेसियामा रहेको नेपाली दूतावासले उनीहरुको उद्धार प्रकृया थालेको थियो ।
पक्राउ परेको मध्ये केहीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयोग समक्ष शरणर्थीको लागि आवेदन समेत दिएको वुझिएको छ । उनीहरु अन्तराष्ट्रिय आप्रवासी संगठन र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयोगको प्रत्यक्ष निगरानीमा रहेको मलेसियास्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमाउल्लेख गरिएको छ ।
प्रतिक्रिया 4