+
+

वरफ जमेको कोठाभित्र फुटबलरहरुको ‘न्युड फोटोसुट’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते १२:३१

footballer

विश्वभरका स्त्रीलिंगी फुटबल फ्यानहरु यतिबेला गर्माइरहेको हुनुपर्छ किनकी विभिन्न देशका राष्ट्रिय खेलाडीहरु आफ्नो अन्डरवेयर मात्र लगाएको तस्बिर सामाजिक सञ्जालमा हाल्न प्रतिस्पर्धा गरिरहेको छन् ।

पछिल्लोपटक पोर्चुगलका चार खेलाडीहरुको तस्बिर सार्वजनिक भएको छ । यसमा २४ बर्षीय विलियम कार्भाल्हो, २२ बर्षीय आन्द्रे गोमेस, ३० बर्षीय भाइरिन्हा र २३ बर्षीय जोआओ मारियो रहेका छन् ।

यसैगरी ३ इटालीयन खेलाडीहरु ३२ बर्षीय डेनियल डे रोस्सी, २९ बर्षीय लियोनार्डो बोनुसी र ३१ बर्षीय जर्जिओ चिल्लीनीले राखेको तस्बिर पनि चर्चित बनेको छ । बेल्जियमविरुद्धको खेल जितेपछि पोष्ट गरिएको तस्बिरलाई फ्यानहरुले ‘सेक्सी साउना’ नाम दिएका छन् ।

दुवै समुहका खेलाडीहरुले माइनस एक सय १० डिग्री सेल्सियस तापक्रम भएको कोठाभित्र अन्डरवेयरका साथ टाउकोमा हेडबिन, अनुहारमा मास्क, हातमा पञ्जा र खुट्टामा जुत्ता-मोजा लगाएका छन् ।

पोर्चुगलका मिडफिल्डर कार्भाल्होले एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर क्याप्सन लेखेका छन्, ‘माइनस ११० डिग्रीको आइस च्याम्बरमा रिकभरी डे । लेट्स गो ।’

न्यून तापक्रमयुक्त कोठामा लुगा नलगाई बस्नुलाई क्रियोथेरापी भन्ने गरिएको छ । यसबाट शरीरभित्रको जलन र दुखाई शान्त हुने बताइन्छ । माथिल्लो श्रेणीका खेलाडीहरुमा क्रियोथेरापी अहिले लोकपि्रय बन्दै गएको छ । चोटग्रस्त खेलाडीहरु चाँडै रिकभर हुन पनि यसले सघाउने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?