Comments Add Comment

कृतिकाले पाइन् मिस पूर्वाञ्चलको उपाधि

miss-purwanchal

धरान । पूर्वको ठूलो सौन्दर्य प्रतियोगीता मिस पूर्वाञ्चलको उपाधि झापाकी कृतिका गिरीले जितेकी छिन् ।

शनिबार साँझ धरान सभागृहमा सम्पन्न फाईनलमा १९ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेकी कृतिकाले ताजसहित यामाहाको फेसिनो स्कुटी पाइन् । मिस नेपाल अस्मि श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिष्पर्धामा ममता कार्की फस्टरनरअप र इक्सा मादेन सेकेन्डरनरअप घोषित भए । फस्टरनअपले नगद ५१ हजार, सेकेन्डरनरअपले नगद ३१ हजारसहित ताज पाए ।

सिल्भर ईन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा भएको प्रतिपर्धामा सृजना राना मगर मिस पब्लिक च्वाईस्, इक्सा मादेन मिस चार्मिङ, कृतिका गिरी मिस पर्सनालिटी, सृष्टि आचार्य मिस ट्यालेन्ट भए ।

त्यस्तै अपेक्षा ढुंगाना मिस फ्रेन्डशीप, मिरा दुमी राई मिस हेल्दी र अस्मिता खड्गी मिस फोटोजेनिक घोषित भए । सब टाईटल विजेताहरुलाई नगद १० हजारसहित उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा गायिका प्राश्ना शाक्यले गीत प्रस्तुत गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment