Comments Add Comment

हारको पीडा कसैले मेस्सीलाई सोधोस्

messi6

१३ असार, काठमाडौं । लियोनल मेस्सी सब्सिच्युड बेन्चमा बसिरहेका छन् । आँखामा आशु छ, सबैतिर सन्नाटा छ, तर्साउने जस्तो । र, लामो प्रतीक्षा अझै धकेलिएको छ । ब्राजिल विश्वकपमा जर्मनीको हातबाट पराजय ब्यहोर्नु दुर्भाग्यपूर्ण थियो । २०१५ मा चिलीसँग पेनाल्टीमा हार्नु दर्दनाक थियो र अहिले ? यो त मेस्सीका लागि अभिषाप नै भयो ।

विश्व फुटबलमा उनले हासिल गर्न बाँकी अरु केहि छैन । एउटा थियो त्यहीपनि लगातार तेस्रो बर्षसम्म उपलब्धिको नजिकै पुगेर गुमाउनु पर्दाको पीडा कसैले मेस्सीसँग सोधोस् । उनले अर्जेन्टिनाको सिनियर टोलीबाट अहिलेसम्म एउटापनि उपाधि जित्न सकेका छैनन् । अझ यसपटक त दोषको हिस्सा आफैं बनेका छन् ।

कोपा अमेरिकाको उपाधिको निर्णय टाइब्रेकरबाट हुने भयो । अर्जेन्टिनाका लागि पहिलो पेनाल्टी प्रहार गर्ने जिम्मा मेस्सीले पाएका थिए । चिलीका पहिलो पेनाल्टी अर्जेन्टिनाका किपर सर्जियो रोमेरोले रोकेपछि आएका मेस्सीले प्रहार त सही दिशामा गरेका थिए । चिलीका किपर तथा बार्सिलोनाका टिममेट बायाँतर्फ डाइभ हानिसकेका थिए । तर, दायाँतर्फबाट मेस्सीको पेनाल्टी क्रसबार माथिबाट आकाशियो ।

messi5

जव व्राभोले लुकास बिग्लियाको पेनाल्टी प्रहार आकर्षक ढंगबाट बचाउ गरे, तव अर्जेन्टिनाको खेल खत्तम भयो । तीन बर्षको बीचमा तेस्रो पटक उपाधिको नजिक पुगेरपनि अर्जेन्टिना र मेस्सीले उपाधि हात पार्न सकेनन् ।

सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता अर्जेन्टिना २३ बर्षदेखि ठूला प्रतियोगितामा उपाधिबिहीन छ । त्यसयता कोपा अमेरिकामा चार पटक फाइनलमा पराजित भएको छ भने गत संस्करणको ब्राजिल विश्वकपमा पनि जर्मनीसँग निरिह हुनुपरेको छ ।

messi3

अर्जेन्टिनामा मेस्सीको युग सुरु भएपछि या भनौं अर्जेन्टिनाको टोलीको नेतृत्व गरेपछि मेस्सी तीन बर्षमा ठूला प्रतियोगिताको फाइनलमा चुकेका छन् । अर्जेन्टिनाका लागि उपाधिको सबैभन्दा उपयुक्त मौका यो भन्दा अरु सायदै आउला तर, उनै मेस्सीको कमजोरीले अर्जेन्टिना यस पटकपनि उपविजेतामै सीमित रहृयो ।

त्यसको विपरित ९९ बर्षको इतिहासमा चिलीले गत बर्ष पहिलो पटक उपाधि जित्यो । कोपा अमेरिका आयोजना भएको १०० बर्षको इतिहासमा पहिलो पटक दक्षिण अमेरिका बाहिर आयोजना गरिएको प्रतियोगितामा न्युजर्सीको मेटलाइफ रंगशालामा चिली फुटबलको स्वर्ण पुस्ताले गत बर्षकै स्थितिमा लगातार उपाधि जित्न सफल भयो ।

अर्जेन्टिनाका प्रशिक्षक टाटा मार्टिनो चोटग्रस्त लाभेज्जीको स्थानमा एन्जेल डि मारियालाई मैदानमा उतार्न सफल भएका थिए ।

messi4लाभेज्जी सेमिफाइनलमा अमेरिकाबिरुद्धको खेलमा चोटग्रस्त भएका थिए । त्यस्तै अगुस्टो फर्नान्डेजको स्थानमा लुकास बिग्लियालाई मैदानमा उतारिएको थियो । ४-३-३ को सामान्य फर्म्याटमै टोली मैदानमा उत्रिएको थियो ।

पाँच पटकका फिफा बर्ष खेलाडीले व्यवसायिक फुटबलका हात पार्नुपर्ने केहि छैन । सानैदेखि स्पेनमा रहेर बार्सिलोनाका लागि खेलेका मेस्सीले नागरिकता पनि स्पेनकै लिएका छन् । बैदेशिक यात्रामा स्पेनकै पासपोर्ट बोक्छन् । तर उनले उमेर समूहको प्रतियोगितादेखि नै अर्जेन्टिनाको जर्सी रोजे ।

अर्जेन्टिनालाई अण्डर २१ विश्वकपको उपाधि र सन् २००८ को ओलम्पिकमा स्वर्ण उनले राष्ट्रिय टोलीबाट हासिल गरेको उपलब्धि हो ।

messiराष्ट्रिय टोलीबाट खेल्दा उनलाई अर्जेन्टिनी नभएको आरोप स्वयम् अर्जेन्टिनी समर्थक र त्यहाँका मिडियाले लगाउने गर्छन् । तर, उनले प्रायःजसो सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालहरुमा अर्जेन्टिनाको जर्सीमा उपाधि हासिल गर्न चाहेको बताउँछन् ।

तर कहिले ?यसको उत्तर नभेटिँदै लगातार तीन पटकसम्म उपाधि नजिक पुगेरपनि ट्रफी छुन नपाएका मेस्सीले अन्तरास्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment