+
+
Shares

पैसा नतिरेको भन्दै ‘बीरगञ्ज ड्राइपोर्ट’ले रोक्यो हजारौं बोरा रासायनिक मल

तीन दिनभित्र मल गेट पास गराउन संसदीय समितिको सरकारलार्इ निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते १६:०९

birjung (2)१३ असार, काठमाडौं । बीरगञ्ज सुख्खा बन्दरगाहले सरकारले बिलम्ब शुल्क नतिरेको भन्दै हजारौं बोरा रासायनिक मल रोकेपछि असारको मध्यसम्म पनि किसानले रासायनिक मल पाउन सकेका छैनन् ।

भारतीय नाकाबन्दी र मधेस आन्दोलनका बेला नेपालतर्फको बीरगञ्ज सुख्खा बन्दरगाहको गोदाममा राखिएको मल गोदाम शुल्क नतिरेको भन्दै त्यहाँबाट निकाल्न दिइएको साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीले जनाएका छन्  ।बन्दरगाहले बिलम्ब शुल्कबापत झन्डै २५ करोड रुपैयाँ माग गरेको छ ।

साल्ट ट्रेडिङको ५३ हजार बोरा र कृषि सामाग्री कम्पनीको ७० हजार बोरा युरिया बीरगञ्ज ड्राइपोटबाट नकिाल्न नपाएको कृषि मन्त्रालयले जनाएको छ ।

सोमबार व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा आयोजित रासायनिक मल सम्बन्धी छलफलमा कृषि मन्त्रालयले यस्तो बताएको हो ।

असारको मध्यसम्म पनि रासायनिक मल उपलब्ध नहुँदा किसान मर्कामा परेको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बताए ।
समितिको सोमबारको बैठकले तीन दिनभत्रि ट्राइपोटको गेट पास गराउन सरकारलाई निर्देशन दिएको छ ।

‘तीन दिनभित्र रासायनिक मल गेट पास गराउन सरकारलाई निर्देशन दिएका छौं,’ थापाले भने- ‘किसानले असारमा रासायनिक मल पाएनन् भने कृषि उत्पादनमा ह्रास आउने भएकाले संवेदनशील हुन सरकारलाई ध्यानाकर्षण गराउँदै निर्देशन दिएका हौं ।’

बन्दरगाहबाट युरिया तत्काल गेट पास नभए भारतबाट नेपालका लागि लोड भइसकेको १५ हजार टन पोटास पनि बन्दरगाहमै रोकिने साल्ट ट्रेडिङका कुमार राजभण्डारीले बताए ।

बीरगञ्ज सुख्खा बन्दरगाह वाणिज्य मन्त्रालय मातहतको निकाय हो । कृषि मन्त्रालयले गत जेठ १६ र असार ७ गते २ पटक मल ल्याउन दिन आग्रह गर्दै वाणिज्य मन्त्रालयलाई पत्रचार गरेको थियो । असार ९ गते वाणिज्य मन्त्रालयले बीरगञ्ज सुख्खा बन्दरगाहलाई सहजिकरण मिलाइदिन भन्दै पत्र पठायो ।

तर, पनि बिलम्ब शुल्क नतिरेसम्म सामान निकाल्न नदिएको साल्ट ट्रेडिङका राजभण्डारीले बताए । सरकारी निकायहरुबीच समन्वय नहुँदा त्यसको मारमा किसान परेकाले तत्काल समस्याको समाधान गर्न सरकारलाई निर्देशन दिनु परेको सभापति थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?