सोमबार एक पार्टीमा सहभागी हुन नेपाल आएकी बलिउड नायिका सन्नी लियोनीले आफूलाई नेपाल खुबै मनपर्ने बताइन् । पति डेनियल र आफू नेपाल आउन पाउँदा उत्साहित हुने गरेको सन्नीको भनाई थियो ।
पत्रकारहरुसँग कुरा गर्दै सन्नीले नेपालको संकृति, खानेकुरामा आफू सधै नै आकषिर्त हुने गरेको बताइन् ।
क्यान्सरका बिरामीका लागि सहयोग गर्दै आएकी सन्नीलाई एक पत्रकारले नेपालका क्यान्सर बिरामीका लागि केहि गर्ने योजना छ भनेर सोधेका थिए । सन्नीले आफू यो कुरामा उत्साहित हुने भन्दै संभव भएसम्म सहयोग गर्ने बताइन् । उनले म जे गर्न सक्छु, त्यो काम गर्छु भनेकी थिइन् ।
सन्नीले आफू यो पटक नेपालमा पार्टीमा सहभागी हुन आएको भन्दै पत्रकारसँग लामो कुरा गर्न मानिन् । उनका पति डेनियल पनि मिडिया कुराकानीमा उपस्थित थिएनन् । सन्नीको यो तेश्रो नेपाल भ्रमण हो ।
तस्बिर: महेश्वरमान सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4