Comments Add Comment

बालाजुमा सवारी दुर्घटना, मोटरसाइकल चाकलको मृत्यु

१६ असार, काठमाडौं । काठमाडौंको वालाजुमा बिहीबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गंगाहल नजिक ना.१ ख ६६६ नम्बरको ट्रकले ग.५ प ९८२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक चालक फरार छन् । । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment