Comments Add Comment

‘चपली हाइट २’को ट्रेलरमा प्रेम, धोका र बदलाको कुरा(भिडियो)

aausman mariska and rl rana
भदौ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक भएको छ । टिजर सार्वजनिक गरेपछि दर्शकले यसको ट्रेलरको माग गरेका थिए ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो चलचित्रमा अर्जुन कुमारको लगानी छ । सार्वजनिक ट्रेलरमा २ यूवती र १ यूवकको प्रेम, धोका र बदलाको कथालाई देख्न सकिनेछ । निर्देशक खनालले चलचित्र सस्पेन्स शैलीको भएकाले अहिले नै कथावस्तुको बारेमा केहि बताउन नमिल्ने बताए । chapali height team
चलचित्रमा आयुष्मान देसराज श्रेष्ठ, मरिष्का पोख्रेल, प्रतिमा आरएल राना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा आयुष्मान प्ले ब्वाइको भूमिकामा छन् भने मरिष्का साधारण यूवतीको भूमिकामा छिन् । प्रतिमा भने बोल्ड क्यारेक्टरमा देखिएकी छिन् ।

‘चपली हाइट’को सिक्वेल नभएको भन्दै निर्देशक खनालले ‘चपली हाइट २’को बारेमा भने-‘यसपटक कथावस्तु अपोजिट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment