Comments Add Comment

हजार्डः जसले कुनै बेला खेलमा फरक पार्न सक्छन्

Hazard

काठमाडौं । इडेन हाजार्डको गत सिजन सम्झनलायक प्रदर्शन रहेन । लगातारको चोट ब्यहोरेका उनले अहिले राष्ट्रिय टोलीबाट भने उत्कृष्ट पुनरागमन गरेका छन् र गत सिजन अधिकांश समय गरेको आरामको फाइदा लिइरहेका छन् ।

उनको हंगेरीबिरुद्धको खेल शानदार थियो । रक्षापंक्ति र अग्रपंक्तिबीच सेतुको भूमिका निर्बाह गरेर उनले यस्तो तालमेल टोलीमा ल्याएका छन् कि बेल्जियम साँच्चै खतरनाक टोली बनेको छ । हंगेरीबिरुद्ध उनको प्रदर्शन सन् २०१४-१५ को सिजनान चेल्सीबाट उत्कृष्ट खेलाडी घोषित हुँदाको जस्तै देखिन्थ्यो । त्यतिबेला उनी उत्कृष्ट खेलाडीको सूचीमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र ग्यारेथ बेलभन्दा पछाडि थिए ।

उनको आत्मविश्वास यतिबेला गगनचुम्वी देखिएको छ, जसले बेल्जियमका जोसुकै प्रतिस्पर्धीमाथि पनि सजिलै धावा बोल्न सक्छ । तर, केभिन डि ब्रुयेनले उनलाई सेन्टर फरवार्ड पोजिसनबाट कत्तिको साथ दिन सक्नेछन् त्यो पनि महत्वपूर्ण हुन्छ ।

म्यान्चेस्टर सिटीका स्टार ब्रुयेनको फि्र रनिङ र डि्रब्लिङसँगै बेल्जियम टोलीको अर्को क्षमता भनेको बलमाथिको पोजिसनपनि हो । मारोअन फेलिनीले पहिलो खेलमा त्यस पोजिसनबाट खेलेका थिए । तर, बेल्जियमको टोलीबाट विंङ पोजिसनलाई डि ब्रुयेनले मात्र न्याय गर्न सके ।

bale-vs-hazardयो महत्व राख्दैन कि तिमीले प्रतियोगिताको सुरुवात कसरी गर्‍यौ ? महत्वपूर्ण कुरा यो हो तिमीले प्रतियोगिता कसरी अन्त्य गर्‍यौ । मार्क विल्मटको टोली इटली बिरुद्धको पहिलो खेलभन्दा अहिलेसम्मको अवस्थामा निक्कै सुधार आएको छ ।

एकातिर बेल्जियमको खेल पुरानो जमनाको जस्तो देखिएको छ भने अर्कातिर वेल्सले आक्रमक फुटबल खेलिरहेको छ ।
उसले तीन फरवार्डलाई आक्रमणको जिम्मा दिन्छ । शुक्रबार राति हुने खेलमा वेल्सका लागि अवसर सृजना गर्न सुपरस्टार ग्यारेथ बेल निश्चयपनि महत्वपूर्ण हुन सक्छन् । एक एरिया जहाँबाट वेल खतरनान बन्न सक्छन्, त्यो भनेको बेल्जियमको चार डिफेण्डरको अगाडि हो ।

बेल्जियमका सेन्टर मिडफिल्डर एक्सल विट्सल र रादजा नाइनगोलानले संरचनात्मक फुटबल खेल्दैनन् । उनीहरु तल झरेर रक्षापंक्तिलाई साथ दिएपनि बलको पिच्छा गर्न उनीहरु सफल देखिएका छैनन् । अनुभवी डिफेण्डरहरु थोमस भर्मेलेन र जन भर्टोङगेनको अनुपस्थिति वेलका लागि फाइदाजनक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment