Comments Add Comment

वेल्सका खेलाडीलाई उपाधिबारे कुरा गर्न प्रतिवन्ध !

Wales

काठमाडौं । वेल्सका खेलाडीहरुलाई युरोकप २०१६ जित्ने विषयमा कुरा गर्न प्रतिवन्ध लगेको छ ।

यो अरुले लगाएको नभई प्रशिक्षक क्रिस कोलम्यानले जारी गरेको प्रतिवन्ध हो र पोर्चुगललाई नहराएसम्म लागू हुनेछ ।

ड्रागन टोली बेल्जियमलाई हराउँदै पहिलो पटक युरो कपको सेमिफाइनलमा पुगेको छ । र, उसले अब फाइनल प्रवेशका लागि बुधबार पोर्चुगलसँग खेल्नेछ ।

कोलम्यानले भनेका छन्, ‘मैले यसबारे सोचेको छैन । र, म बाचा गर्छु कि मेरा खेलाडी र स्टाफले उपाधि जित्नेबारे कुरा गर्ने छैनन् । हामी हाम्रो प्रतिद्वन्द्वी पोर्चुगलबारे मात्र कुरा गर्छौं ।’

उनले आफ्नो टिम जुन सुकै टिमविरुद्ध पनि प्रदर्शनत गर्न सक्षम रहेको बताएका छन् ।

शुक्रबार बलियो टोली बेल्जियमलाई हराउँदै पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि कोलम्यानले खेलाडीहरुसँग सेलिब्रेसन गरे । र, उनलाई वेल्समा नेशनल हिरोका रुपमा समेत लिन थालिएको छ ।

वेल्स प्रशिक्षक कोलम्यानले सेमिफाइनलसम्मको यात्रा उत्कृष्ट रहेको भन्दै अबको खेलमा पनि आफ्नेा प्रदर्शनमा केन्द्रित हुनु पर्नेमा जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment