+
+
Shares

पारवहन सम्झौतालाई अगाडि बढाउन अप्रेसन मोडालिटी तय गर्न चीन सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते ६:५३

परराष्ट्रसचिव शंकरदास वैरागीले चीनका विदेशमन्त्री वाङ यीसँग बेइजिङमा शिष्टाचार भेट गरेका छन् । विदेश मन्त्रालयमा सोमबार साँझ भएको भेटमा मन्त्री वाङले चीनले सधौ विकसित, स्थिर र समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।

China-Flag‘शिष्टाचार भेट भएकाले त्यति धेरै कुरा भएन,’ बेइजिङस्थित नेपाली दूतावासमा काउन्सलर हरीशचन्द्र घिमिरेलेभने । सचिव वैरागीले सोमबारै सहायकमन्त्री खोङ सुुवान्योसँग द्विपक्षीय भेट गरेका थिए । झन्डै तीन घन्टा लामो बैठक दुई देशबीच भएका सहमतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको काउन्सिलर घिमिरेले बताए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको भ्रमणका समयमा भएका पारवहन सम्झौता, हुम्लाको हिल्सामा पुल निर्माण गर्ने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सहयोगलगायत विषयमा भएका सम्झौता, सहमतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको घिमिरेले बताएको  नयाँ पत्रिकामा समाचार छ ।

 चीनका राष्ट्रपति सी जिन पिङले यसै वर्ष नेपालको भ्रमण गर्न सक्ने संकेत चीनले गरेको छ । भेटमा सहभागी दूतावासका अधिकारीका अनुसार मन्त्री वाङले यो वर्ष चीनबाट नेपालमा विशिष्ट भ्रमण हुने संकेत गरेका हुन् । यस वर्षको अन्त्यमा हुने ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपति सहभागी हुने क्रममा उनले नेपाल भ्रमण गर्न सक्नेछन् ।

बैठकमा चीन र नेपालबीच सहयोगका क्षेत्र व्यापार–वाणिज्य, यातायात सञ्जाल, ऊर्जा, नवीकरणीय ऊर्जालगायत विषयमा पनि छलफल भएको छ । चिनियाँ प्राविधिक टोलीले नेपालबाट पेट्रोलियम अन्वेषणसम्बन्धी लिएर आएको नमुना र त्यसको सम्भाव्यताबारे विस्तृत अध्ययन गरिने भएको छ ।

त्यस्तै, पारवहन सम्झौतालाई अगाडि बढाउन अप्रेसन मोडालिटी तय गर्न वाणिज्य मन्त्रालय र त्यससँग सम्बन्धित अरू निकायको कमिटीमा  छलफल गर्ने र त्यसलाई अगाडि बढाउने प्रस्ताव नेपालले गरेको छ । चीनले त्यसलाई सकारात्मक रूपमा लिएको घिमिरेले बताए । उनका अनुसार चिनियाँ पक्षले भूकम्पपछि पुनर्निर्माण चाँडो होस् भन्ने चाहना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?