+
+
Shares

ट्रक घरमा पस्दा आठमहिने बालिकाको मृत्यु

रासस रासस
२०७३ असार २१ गते ९:२६

२१ असार, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ ।

accidentकाठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभज्ञ्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो ।

राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?