Comments Add Comment

त्रिभुवन राजपथ खुल्यो, हेटौँडा–कुलेखानी सडक अवरुद्ध

pahiro
फाइल फोटो

२१ असार, हेटौँडा । त्रिभुवन राजपथको हेटौँडा–भैसे सडकखण्डको बागझोरामा गएराति आएको बाढी र पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, गएराति आएको वर्षाले नै मदन भण्डारी राजमार्गको हेटौँडा–कुलेखानी खण्डको सिस्नेरीको अमलडाँडामा र थाखेल सडकखण्डको महालक्ष्मी डाँडामा गएराति पहिरो जाँदा काठमाडौँ–हेटौँडा दुवैतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

हेटौँडाबाट आज बिहानै कुलेखानी हुँदै काठमाडौँ जाने सबै खालका यातायात त्रिभुवन राजपथबाटै काठमाडौँतर्फ गएको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले बताए ।

मौसममा सुधार भएमा आज अपराह्नसम्म थाखेल र सिस्नेरीको यातायात सेवा पहिरो हटाई आज दिउँसो सञ्चालन गर्ने लक्ष्य रहेको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment