Comments Add Comment

‘जीवन काँडा कि फूल’ को हिन्दी संस्करण छापियो

झमकले लेखिन् नयाँ कविता संग्रह 'प्रेमिल आकाश'  

Jhamak Ghimire (3)

 

२१ असार, काठमाडौं । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त आत्मकथा जीवन काँडा कि फूलको हिन्दी संस्करण मंगलबार सार्वजनिक हुँदैछ ।

नेशनल बुक ट्रस्ट इन्डियाले हिन्दी संस्करण प्रकाशन गरेको हो । पुस्तकलाई सिक्किमका सीपी गिरीले हिन्दी अनुवाद गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शर्मा सहभागी हुने कार्यक्रममामंगलबार राजधानीमा यो पुस्तकको विमोचन गरिनेछ ।

जीवन काँडा कि फूलकृतिबाट झमकले ०६८ सालको मदन पुरस्कार पाएकी थिइन् । सो पुस्तकमा उनले आफ्नो जीवनका पीडा र संघर्ष लेखेकी छन् ।

पुस्तक विमोचन कार्यक्रममा उनकै आत्मकथाको पुस्तकमा आधारित फिल्मको गीति क्यासेटसमेत सार्वजनिक गरिने झमक घिमिरे साहित्य कला प्रतिष्ठानले जनाएको छ ।

यस्तै झमककै कवितासंग्रह प्रेमिल आकाश पनि प्रधानमन्त्री केपी ओलीका हातबाट  विमोचन गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment