Comments Add Comment

नाजिर र नम्रताको ‘गाँठो’ चल्नु अगाडि नै सुरक्षित

namrata shrestha in gatho
पोष्ट प्रोडक्शनमा रहेको चलचित्र ‘गाँठो’का निर्माताले रिलिज अगावै लगानी सुरक्षित गरेको दाबी गरेका छन् । नेपाली चलचित्रलाई नेपाली बजारमा मात्र भर पर्नुपर्ने अवस्था पातलो बन्दै गएकाले पनि निर्माता सुरक्षित बन्न थालेका हुन् ।

कमेरो इभेन्टले अष्ट्रेलियाका लागि १५ लाखमा चलचित्र किनेको निर्माणपक्षले जानकारी दिएको छ । अगष्ट २७ मा यो चलचित्रको प्रिमियर अष्ट्रेलियामा हुँदैछ । ३५ लाखमा यो चलचित्रको युटुब राइट्स हाइलाइट्स नेपालले किनेको छ ।

काठमाण्डौमा चलचित्र वितरणको जिम्मा लिएका गोविन्द शाहीले १० लाख एड्भान्स दिएका छन् भने काठमाण्डौ बाहिर एफडी कम्पनीले २० लाख एमजी दिइसकेको निर्माण कम्पनी बटवाल फिल्मस्ले जानकारी दिएको छ ।

अमेरिका र यूकेको ओभरसिज राइट्सका लागि पनि कुरा भैरहेको जानकारी निर्देशक सुरज भुषालले दिएका छन् । यसरि हेर्दा यो चलचित्र प्रदर्शन अगावै सुरक्षित बनेको दाबी निर्माणपक्षले गरेको हो । यो चलचित्रमा नाजिर हुसेन, अभय बराल र नव-प्रस्तुती नम्रता श्रेष्ठको मुख्य भूमिका छ । नेपालमा यो चलचित्र भदौ ३१ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment