Comments Add Comment

भारतको केन्द्रीय मन्त्रीमण्डल विस्तार, १९ नयाँ अनुहार थपिए

Modi

२१ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीमण्डल विस्तार गरेका छन् । मोदी क्याबिनेटमा १० राज्यबाट १९ नयाँ अनुहार थपिएका छन् ।

राष्ट्रपति भवनको अशोका हलमा राष्ट्रपति प्रणव मुखर्जीले ७ मन्त्री र १२ राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

को-को थपिए ?

सबैभन्दा पहिले मन्त्रीको रुपमा प्रकाश जावडेकरले सपथ लिएका छन् । यसअघि राज्यमन्त्री रहेका प्रकाशले यसपटक मन्त्री पद पाएका हुन् ।

यसैगरी फग्गन सिंह कुलस्ते, एसएस अहलुवालिया, रमेश जिगाजिगानी, विजय गोयल, रामदास अठावले, अनिल माधव दवे, पुरुषोत्तम रुपाला, एमजे अकबर पनि मोदी क्याबिनेटमा स्थान पाएका छन् ।

अर्जुनराम मेघवाल, जसवन्त सिंह भांभोर, डा. महेन्द्रनाथ पाण्डे, अजय टमटा, कृष्णा राज, मनसुख लाल माण्डविया, सीआर चौधरी, अनुपि्रया पटेल, पीपी चौधरी र सुभाष राम रावले पनि मंगलबारै सपथ लिएका छन् ।

सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि मन्त्रीमण्डल विस्तार भएको यो दोस्रोपटक हो । हाल मोदी क्याबिनेटमा ६४ मन्त्री छन् । भारतको संविधानअनुसार केन्द्रीय मन्त्रीमण्डलमा अधिकत ८२ मन्त्री रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment