Comments Add Comment

गोरखामा पहिरो खसेर छ जना बेपत्ता

२१ असार, गोरखा । उत्तरी गोरखाको केरौंजा गाविस–३ छलिम्पुमा आज पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

Gorakaha-Pahiroगाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।

सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । ‘काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

महाकाली राजमार्ग पनि अवरूद्ध

यसैबीच चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग आज बिहानदेखि फेरि अवरुद्ध भएको छ ।

अविरल वर्षापछि पहिरोका कारण बैतडी र दार्चुलाका विभिन्न स्थानमा गएको पहिराले बिहीबार रातिदेखि अवरुद्ध सडक सोमबार मात्रै सञ्चालनमा आएको थियो ।

बैतडीको सतबाँझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । लगातार पानी परिरहेकाले अवरुद्ध खडक खुलाउन समस्या भएको छ । उनले भने, ‘वर्षा रोकिएपछि मात्रै सडक खुलाउन प्रयास हुनेछ ।’

बागाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन रोकिएको बताइएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं, भीमदत्तनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।

पहिराको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्मा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ । सोही पहिराका कारण बिहीबार राति दुइटा घर पनि पुरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment