Comments Add Comment

ईदको विदा भोलि कि पर्सी ? यसरी हुन्छ ईदको निर्धारण

२१ असार, काठमाडौं । मंगलबार दिउँसो धेरैले फोन गरेर सोधे भोलि विदा हो ? कुनै समाचार छ ? सबैको प्रश्नको आयश मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको विदा कुन दिन भन्ने थियो । 

eid-moon-sightingउनीहरुको प्रश्न यसकारण स्वाभाविक हो । किनकी गैरसरकारी पात्रोहरुमा बुधबार ईदको सार्वजनिक विदा लेखिएको छ । कतिपय निजी कार्यालय र स्कुलहरुले विदा पनि दिएका छन् ।

तर, सरकारको अहिलेसम्म कुनै निर्णय गरेको छैन । ईदको विदाबारे सोध्दा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले अहिलेसम्म निर्णय नभएको बताए ।

उनले अघि भने, आज साँझ आधा चन्द्रमा देखियो भनेर मुस्लिम समुदायले निवेदन दिएमा आजै निर्णय गरेर भोलि सार्वजनिक विदा दिन्छ । त्यस्तो जानकारी नआए भोलि विदा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment