Comments Add Comment

‘रोनाल्डो र बेल पुरानै प्रतिद्वन्द्वी’

ronaldo-vs-bale

जब पोर्चुगल र वेल्स युरोपियन च्याम्पियनसीपको सेमिफाइनलमा आज राति आमने सामने हुनेछन्, त्यहाँ एक अर्काको बिरुद्धमा विश्व फुटबलका दुई सुपरस्टार एकै मैदानमा उत्रँदैछन् ।

उनीहरु ठूला सुपरस्टारहरु मात्र होइनन् । क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल स्पेनिस जायन्ट रियल मड्रिडबाट सँगै खेलेको तीन बर्ष भयो ।

एक प्रशिक्षक, जसले यी दुईलाई रियलको लागि राम्ररी प्रयोग गरेका थिए, उनले भनेका छन् कि रोनाल्डो र बेल प्रशिक्षणका क्रममा पनि एक अर्कालाई हराउन चाहन्थे ।

टेलिग्राफमा प्रकाशित लेखमा, भर्खरै जर्मन च्याम्पियन बार्यन म्यूनिखमा आबद्ध भएका पूर्व रियल मड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले उल्लेख गरेका छन्, ‘ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले प्रशिक्षणका क्रममा यति पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् कि सायद उनीहरुले सम्झन पनि सक्दैनन् । म तपाईंहरुलाई बताउँ कि प्रशिक्षणको अन्त्यतिर ठूला खेलाडीलाई खेलाउँदा उनीहरु जीतका लागि आतूर हुन्थे ।

हो, रियल मड्रिडमा मैले बिताएको २ बर्षको दौरान यी दुई सुपरस्टार एट-एसाइड म्याचमा असिन पसिन भएर भिडिरहेका हुन्थे । सबै महान खेलाडीहरु आपसका प्रतिस्पर्धी हुन्छन् ।

यी इटलीयन प्रशिक्षक स्वीकार् गर्छन् कि अघिल्लो सिजन उनले बर्नवाउ छोड्नुभन्दा पहिले र अहिलेमा बेलको प्रदर्शनमा निक्कै सुधार आएको छ । साथै राष्ट्रिय टोलीमा पनि उनी नेता बनेका छन् ।

मैले देखेँ, बेल पछिल्लो सिजनमा भन्दा धेरै बदलिएका छन् । तपाईंले पनि देख्न सक्नुहुन्छ उनमा आत्मविश्वास निक्कै देखिएको छ । उनी रियलमा आफ्नो पोजिसनमा खुसी छन् र गत सिजन उत्कृष्ट रुपमा गुजारेका छन् ।

वेल्समा उनी आफ्नो भूमिका र जिम्मेबारीबारे टोलीका सदस्यसँग कुरा गर्न रुचाउँछन् । मलाई थाहा छ कि वेल्सका लागि उनले कति महत्वपूर्ण प्रदर्शन गरिरहेका छन् र उनी राष्ट्रिय टोलीबाट नेतृत्व लिने चरणमा छन् र उनी सिकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment