Comments Add Comment

नेपाली यात्रा सामाग्रीलाई पनि दियो अमेरिकाले भन्सार छुट

usa
२२ असार, काठमाडाैं । अमेरिकाले लगेज, झोला, हातेझोला र वालेट जस्ता नेपाली यात्रा सामाग्री भन्सार छुट सुविधा दिएको छ । अमेरिका व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर)ले जनरल सिस्टम अफ प्रेफरेन्सेर कार्यक्रम अन्तरगत बाषिर्क उत्पादन समिक्षा घोषणा गरेको हो ।

जसअनुसार नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरुले नयाँ भन्सार छुट पाउनेछन् । यो असार १७ गतेदेखि लागू भएको छ । ‘नेपाली व्यापार व्यवसायहरूका लागि अमेरिकी बजारमा आˆनो निर्यात बढाउनलाई यो ठूलो अवसर हो’ अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनिन् ।

सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकमा नेपालले दोस्रो स्थानमा थियो । २०१४ यता नेपालका यस्ता उत्पादनहरूको निर्यातमा ७ प्रतिशतले वृद्धि भई १८ लाख अमेरिकी डलर पुगेको थियो ।

अमेरिकी ट्रेड प्रेफरेन्स (व्यापार ग्राहृयता) कार्यक्रमले विश्वका थुप्रै विपन्न मुलुकहरूलाई व्यापारको प्रयोगबाट आˆनो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्दछन् ।

४० वर्षको उक्त जीएसपी कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राहृयता कार्यक्रम हो । जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकाले लाभग्राही विकासोन्मुख मुलुकहरूबाट आयात गर्दा अनेक सामग्रीहरूलाई भन्सारछुट सुविधा उपलब्ध गराउँछ र अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूलाई थप सामग्री निर्यात गर्ने सुविधा दिने अमेरिकी दूताबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment