+
+
Shares

बाल्टीमोरकि नगर प्रमुख बेल्कले राखिन् नेपाली समुदाय बारेमा चासो

विजय थापा विजय थापा
२०७३ असार २३ गते ७:५२

baltimor_usa1वाशिंगटन डिसी । अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित शहर बाल्टिमोरकि युवा नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोर स्थित नेपालीद्वारा संचालित लुम्बिनी चमेना गृहमा भ्रमण गरि नेपाली समुदायका बारेमा चासो राखेकी छिन् ।

दिवा भोजनको साथै नेपाली समुदाय संग राखिएको भेटघाट कार्यक्रममा बेल्कले नेपाली समुदायका बिबिध बिषयमा सोधपुछ गरेकी उक्त चमेना गृहका संचालक नारायण थापाले जानकारी गराएका छन् ।

नगर प्रमुख ब्लेकको चमेना गृह अवलोकन तथा भ्रमणको शिलशिलामा लुम्बिनी भोजनालयले दिवा भोजनको समेत व्यवस्था गराई नेपाली समुदायका केहि ब्यापारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख स्टेफेनी बेल्कले नेपाली समुदायको उक्त क्षेत्रमा रहेको ब्यबसाय ,बिक्रि ,नेपालीहरुको अवस्था बारेमा जानकरी लिएकी थिईन् ।

नगर प्रमुख ब्लेकले नेपालीहरुको जन घनत्व ,ईलम तथा जागिरको अवस्था बारेमा थप जानकारी लिएकी थिइन् ।  ब्लेकले यसको साथै अल्प संख्यामा रहेका नेपालीहरुलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल गरिन् ।

baltimor_usaउपस्थित अन्यले अमेरिकामा ख्याती (क्रेडिट) नभएकालाई कसरि ऋण उपलब्ध गराईने व्यवस्था र यसको लागि हुन् सक्ने उपाय बारेमा समेत कुराकानी भएको जानकारी चमेना गृह ब्यबसायी /संचालिका तथा एनआरएन अमेरिकाकि वर्तमान उपाध्यक्ष रबिना थापाले बताईन् ।

यस्को साथै कसरि नेपाली समुदाय र अन्य समुदाय संग सांस्कृतिक आदान प्रदान कसरि गर्न गर्न सकिन्छ भन्ने बिषयमा पनि चर्चा भएको थियो ।

यसरि नगर प्रमुखले नेपाली समुदायको संचालित व्यवसायमा आएर सोध पुछ र चासो राख्नु भनेको राम्रो कुरा हो भन्दै यसरि नेपाली समुदायको ब्यबसायमा सम्भवत पहिलो पटक भएको हुन् सक्ने थापाले बताए । साथै भबिस्यमा नेपाली समुदाय संग भेटघाट समेत हुने कुरा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?