यो वर्षको राष्ट्रिय कविता महोत्सव विगत वर्षहरूभन्दा अर्कै प्रकारले विवादको घेरामा परेको देखियो । पूर्वप्रकाशित कविताले पुरस्कार पायो या विजेताको नाम प्रतियोगिताभन्दा अगाडि नै बजारमा आयो या झुर कविताले पुरस्कार पायो जस्ता विवाद अघिल्ला वर्षहरू पनि उठेका थिए ।

तर, यो वर्ष गम्भीर विवाद उठेको छ । मुख्यतः कुनै कविले “अछुतले अछुत हुनमा गर्व गरोस्” भन्ने कविता वाचन गरेको प्रसङ्गले धेरैलाई चकित बनायो । स्वाभाविक रूपमा यो अत्यन्तै तुच्छ विचार हो, जुन कविता महोत्सवमा उठ्यो ।
कसैलाई अछुतको लाहाछाप ठोकेर सामाजिक र जातीय विभेदको पैतालाले थिच्नु आजको समयमा पक्कै पनि घृणित कार्य हो । यो त मानवअधिकार माथिकै बर्बर बलात्कार हो । यस्तो विचारको निन्दा गर्नैपर्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय र सम्मानित थलोमा सामाजिक र जातीय विभेदलाई मलजल गर्ने यसप्रकारको आवाज गुन्जनु चिन्ताजनक कुरो त हुँदै हो,यसमा गहिरो षड्यन्त्रको आभाससमेत पाइन्छ । ठूलै राजनीतिक चलखेल बिना यस्ता कवितालाई वाचन गर्न दिने दुस्साहस निर्णायक टोलीले कसरी गर्न सक्थे ?
मैले पुरस्कृत पाँचैवटा कविताहरू हेरें । प्रथम भएको कवितामा “साँस्कृतिक वैविध्य”को इन्द्रेणीपथलाई उछृङ्खल भनिएको रहेछ । नेपालको राष्ट्रिय संस्कृति नै साँस्कृतिक वैविध्यको इन्द्रेणीपथ हो । सप्तरङ्गी इन्द्रेणीको सुन्दरता नै हाम्रो नेपाली समाजको बिम्ब हो । नेपाली समाजको विविधतालाई इङ्कार गर्ने कवितालाई प्रथम बनाएर के भन्न खोजिएको हो ? देश संघीयतामा गइसकेको अवस्था हो । अब त संघीयता विरुद्ध बोल्नु संविधान विरुद्ध बोल्नु हो । वास्तवमा एकात्मवादी कवितालाई प्रथम बनाएर निर्णायकहरूले संविधानकै धज्जी उडाए ।
एउटै धर्म, एउटै संस्कृति, एउटै भाषा, एउटै भेष नै हो त नेपाली राष्ट्रियताको परिभाषा? प्रथम कविताले के भन्न खोजेको हो ?
– कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैँस साटिएको
होससमेत हुने छैन ?
उच्छृङ्खल इन्द्रेणी कसलाई भन्न खोजिएको हो ?
के नयाँ पुस्तालाई साँस्कृतिक वैविध्यको “इन्द्रेणीपथ” विरुद्ध उचाल्दैनन् र यी हरफहरूले ? इन्द्रेणी किन उच्छृङ्खल भयो ? के पहिचानवादीहरू विखण्डनवादी हुन् ?राज्यले सबै जातजातिको पहिचानको सम्बोधन र सम्बर्द्धन गरोस् भन्ने आग्रह नाजायज हो ? प्रथम कविताले मेरो मथिङ्गलमा यिनै प्रश्नहरू उमारेकै हुन् ।
यद्यपि, दोस्रो बनाइएको कविताले चैं अहिलेको हाम्रो नेपाली युवाहरूको वैदेशिक रोजगारको मर्म प्रस्तुत गरेको छ । कससेकम दोस्रो नम्बरमा विश्वमा छरिएको नेपाली श्रमबारे बोलिएको कविता राखियो, यो तारिफयोग्य छ । त्यसो त “विश्वभरिका मजदुर एक हौं” भनेर नारा घोक्ने मित्रहरूले नै विश्वभरि छरिएका नेपाली मजदुरहरू माथि यदाकदा विभेद गर्न तम्सिएको देख्दा उदेक पनि लाग्ने गरेको छ ।
राजा महेन्द्रले दार्जीलिङबाट अम्बर गुरुङ र लैनसिंह बाङ्देलहरू ल्याएर प्रतिष्ठानमा प्रस्थापन गरे । यसले जनजातिहरूमा के सन्देश प्रवाह गर्न खोजियो भने राजनैतिक विद्रोह होइन, साहित्य, संगीत र कलामा लाग्यो भने तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले हेर्छ
आफूलाई प्रगतिशील भन्न रुचाउने कति कविहरूले मसँग भनेका छन्- आफ्नै देशमा केही गर्न नसकेर भागेका भगौडाहरू । यस्ता महान् क्रान्तिकारी मित्रहरू वैदेशिक रोजगार बन्द गराउन किन राज्यसँग बाझ्दैनन् ? प्रश्न छ मेरो ।
बाध्यताले वैदेशिक रोजगारीमा रगत सुकाइरहेका नेपाली श्रमिकहरूको भावनालाई राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान दिइयो । यो सोच समझको निर्णय हो । तर, वैदेशिक रोजगारमा गएका कविले लेखेको कवितालाई नै पुरस्कृत गरेको भए झनै स्वाद हुने थियो । त्यो दिन चाँडै आओस् ।
तेस्रो हुने कविताहरू कोटामा परेका कविताहरू हुन् भन्ने कुरा सजिलै ठम्याउन सकिन्छ । भूकम्पको बिम्ब भएको यौटा कवितालाई पुरस्कार दिनैपर्छ; अर्को छन्दवालालाई पनि चित्त बुझाउनैपर्छ र नारी श्रष्टालाई त झन् जसरी पनि यौटा स्थान दिनैपर्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । नत्र तीनतीन जनालाई तेस्रो किन बनाउथे ? यस्तै हो भने १० जनालाई नै “टपटेन” भनेर छाने भैगो त ?
निर्णायकहरूको दृष्टिकोणबाट हेर्दा उनीहरूले गजबको सन्तुलन मिलाउन खोजेका छन् । यद्यपि, यो सन्तुलन कृत्रिम राष्ट्रियताको सन्तुलन हो । पन्चायतकालमा राजाप्रति बफादारलाई प्रज्ञा प्रतिष्ठानमा नियुक्त गरिन्थ्यो ।
राजा महेन्द्रले त जनजातिमा “वाशिङ्टनपथ”प्रति आकर्षित गर्न प्रतिष्ठानको प्रयोग गरे । वाशिङ्टनपथ भनेको अफ्रिकन-अमेरिकन बुकर टि. वाशिङ्टनको विचार हो । वाशिङ्टनले काला जातिलाई गोरा जातिले गरिरहेको विभेद विरुद्ध राजनैतिक विद्रोह नगर्न तर औद्योगिक शिक्षामा लागेर आर्थिक उन्नति गर्न आग्रह गरेका थिए । र,उनले गोरा जातिलाई पनि काला जातिको आर्थिक उन्नतिमा कुनै बाधा-अड्चन नगर्न बिन्ती गरे । आर्थिक उन्नतिका लागि काला जातिले आफ्नो मानव अधिकार समेत अस्थाई रूपमा गोराहरूसँग बन्धक राख्नु पर्ने अभिव्यक्ति दिएका थिए ।
राजा महेन्द्रले दार्जीलिङबाट अम्बर गुरुङ र लैनसिंह बाङ्देलहरू ल्याएर प्रतिष्ठानमा प्रस्थापन गरे । यसले जनजातिहरूमा के सन्देश प्रवाह गर्न खोजियो भने राजनैतिक विद्रोह होइन, साहित्य, संगीत र कलामा लाग्यो भने तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले हेर्छ ।
अघिल्लो वर्ष हिन्दु संवेदनामा आधारित कवितालाई प्रथम बनाइयो । त्यसमा मैले आपत्ति जनाइनँ । किनभने नेपालमा हिन्दु संवेदना पनि त छ । हिन्दु संवेदनालाई कसरी वर्जित गर्न सकिन्छ र ? तर, यो वर्ष कविता महोत्सवको प्रयोगशालामा दलित आन्दोलनलाई सोझै झुन्ड्याएर छाती चिरियो, संघीयताकै विरुद्ध इन्जेक्सन घोचेर कलेजो थुतियो
पञ्चायतकाल र त्यसपछिको प्रतिष्ठानको सारमा केही भिन्नता छैन । हिजो दरबारको तलुवा नचाटी प्रतिष्ठानको छिर्न नपाएजस्तै अहिले राजनीतिक दलको फेरो नसमाती प्रतिष्ठान छिर्न पाइन्न । हिजो राजा र राजदरबारले प्रतिष्ठानको जसरी दुरुपयोग गरे,आज प्रमुख राजनीतिक दलले प्रतिष्ठानको त्यसरी नै दुरुपयोग गरिरहेका छन् । यो सिलसिला अन्त्य हुन जरुरी छ ।
अघिल्लो वर्ष हिन्दु संवेदनामा आधारित कवितालाई प्रथम बनाइयो । त्यसमा मैले आपत्ति जनाइनँ । किनभने नेपालमा हिन्दु संवेदना पनि त छ । हिन्दु संवेदनालाई कसरी वर्जित गर्न सकिन्छ र ? तर, यो वर्ष कविता महोत्सवको प्रयोगशालामा दलित आन्दोलनलाई सोझै झुन्ड्याएर छाती चिरियो, संघीयताकै विरुद्ध इन्जेक्सन घोचेर कलेजो थुतियो । वर्णव्यवस्थाको अहङ्कारले मात्तिएर “अछुतलाई अछुत भएकोमा गर्व गरोस्” भन्ने विचारले प्रतिष्ठानका भित्ताहरू शरमले
अन्त्यमा यो कविताले बिट मार्दै प्रज्ञा प्रतिष्ठानले छुवाछूतलाई प्रोत्साहन नगरोस्
अछुतले
अछुत भएकोमा
किन गर्व गर्नु ?
ऊ पैतालो हो
उसले थामेको छ
छाती र टाउकोको भार
त्यसकारण
अछुतले गर्व गर्नु ?
ऊ तिम्रो मंगलकार्यमा
अघिअघि सहनाई बजाउँदै हिँड्छ
त्यसकारण
अछुतले गर्व गर्नु ?
तिम्रा हतियार
तिम्रा औजार
उसले बनाइदिन्छ
त्यसकारण
अछुतले गर्व गर्नु ?
तिम्रो गुहु सोहर्छ
तिम्रो लास पोल्छ
तिम्रो मन्दिर छिर्दैन
तिम्रो पानी छुँदैन
तिम्रो जुत्ता सिलाउँछ
त्यसकारण
अछुतले गर्व गर्नु ?
ऊ मान्छे नै होइन
ऊ तिम्रो जातीय सर्वोच्चताले थिचिएको
धुलो हो
त्यसकारण
अछुतले गर्व गर्नु ?
उसो भए अबदेखि
उत्पीडितले उत्पीडित भएकोमा गर्व गर्नु ?
शोसितले शोसित भएकोमा गर्व गर्नु ?
उसोभए अबदेखि
बलात्कृतले बलात्कृत भएकोमा गर्व गर्नु ?
प्रतिक्रिया 4