Comments Add Comment

बाढीले पुल बगाउँदा ताप्लेजुङमा २२ परिवार जंगलमा फसे

bridge
फाइल फोटो

२४ असार, ताप्तलेजुङ । ताप्लेजुङको लेलेप गाविसमा रहेको घुन्सा खोलाले कञ्चनजंघा हिमालको बेसक्याम्प जाने बाटोमा रहेको पुल बगाउँदा गोठ गएका २२ परिवार जंगलमा फसेका छन् ।

विहिबार विहान आएको बाढीले घुन्सा खोलाको पुल बगाएकाले चौरी गोठ लिएर गएका घुन्साका १५ र फलेका ८ परिवार जंगलमा फसेको स्थानीय हिमाली चुन्दाक शेर्पाले बताए ।

पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवष्यक सामग्री पुर्याउन समस्या भएको  शेर्पाले बताए ।  शेर्पाका अनुसार घुन्सादेखि कञ्चनजंघा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बगाएको छ । सो क्षेत्रमा जाने एकमात्र बाटो भएको र सो बाटोकोनै पुल बगाएकाले उनीहरुको उद्धारमा समस्या भएको शेर्पाले बताए ।

‘विहिवार दिउँसो गाउलेहरुले गएर हेर्यौ । बनाउने उपाय छैन ।  फेरी काठको पुल बनाउन दुइतिरवार मान्छे जम्मा हुनुपर्छ । गोठमा गएकाहरुलाई थाहा छैन र बोलाउने सञ्चारपनि छैन । अव खाद्यान्न सकिएपछि लिन झछर्न । खाद्यान्न पुर्याउन जानुपर्ने उपाय सकियो’ चुङदाले टेलिफोनमा भने ।

गोठहरु अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीकालागि परिवारका सदस्य गएका छन् । एउटा परिवारका दुई/तीन जना गोठमा जाने अरु घरमा बस्ने गरेर परिवारका सदस्यहरु बिभाजित भएर बस्ने गरेका छन् । काठे पुल बनाउन कम्तिमा पाँच छ लाख रुपैंया लाग्ने त्योपनि पानी घटेपछि मात्रै सम्भव रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment