+
+
Shares

विश्वमा एड्सबाट भन्दा हेपाटाइटिसबाट धेरैको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते १०:५३

Viral hepatitisभाइरल हेपाटाइटिस विश्वमा धेरै मानिसको ज्यान लिने मुख्य रोगको रुपमा देखिएको छ ।

पछिल्लो अध्ययन अनुसार विश्वमा एच आइ भी एड्सबाट भन्दा भाइरल हेपाटाइटिसका कारण ज्यान गुमाउनु परेको  छ । त्यस्तै क्षयरोगबाट मर्ने मानिस झण्डै हेपाटाइटिसका कारण ज्यान गुमाउने मानिस जत्ति नै छन् ।

ल्यान्सेट जर्नलमा छापिएको शोध अनुसार खोप तथा उपचार विधि हुँदा हुँदै पनि भाइरल हेपाटाइटिसका कारण ज्यान गुमाउनेको संख्या उच्च देखिएको छ । सन् २०१३ मा मात्रै हेपाटाइटिस संक्रमण तथा हेपाटाइटिस संक्रमणका कारण उत्पन्न अन्य स्वास्थ समस्याका कारण विश्वमा साढे १४ लाख मानिसको ज्यान गएको तथ्यांकले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वमा एड्सबाट १२ लाख मानिसको मृत्यु भयो भने क्षयरोगबाट १५ लाख मानिसले ज्यान गुमाए ।

विश्व स्वास्थ्य संगठनले हेपाटाइटिससँग लड्ने रणनीति अघि सारेकोमा संगठनका त्यस्ता योजनाहरु तत्कालै कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको शोधकर्ताहरुले बतएका छन् ।

भाइरल हेपाटाइटिसमा विभिन्न पाँच प्रकारका भाइरसहरु हुन्छन् र तिनीहरुले भिन्न भिन्न रोग सिर्जना गर्दछन् । हेपाटाइटिस ए, बी, सी, डी र इ भाइरसमध्ये कतिपय रोगीसँगको सम्पर्कका बेला सरीरको तरल पदार्थसँगै अर्को व्यक्तिमा सर्दछन् भने डी र इ भाइरस खाना र पानीको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्दछन् ।

हेपाटाइटिसबाट मर्नेमध्ये अधिकांस मानिस हेपाटाइटिस बी र सी बाट मर्ने गरेका छन् । यसले मानिसको कलेजोलाई गम्भीर रुपमा क्षगि्रस्त बनाएर कलेजोको क्यान्सर बनाउँदछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?