२४ असार, काठमाडौं । नेदरल्याण्डले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ ।
र, टिम ग्राइटर्सले दुई वर्षपछि डच टोलीमा परेका छन् । पिटर बोरेनको कप्तानीमा रहेको टोलीमा १६ सदस्य छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेदरल्याण्डबीचको खेल साउन २९ र ३१ गते हुनेछ ।
नेपालसँग खेल्नु अघि नेदरल्याण्डले अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप खेल्नेछ । चार दिवसीय खेलको यो टोलीमा पनि टिम ग्राइटर्स पर्न सफल भएका छन् ।
प्रतिक्रिया 4