Comments Add Comment

तमोर नदीमा बनेको ताल पूर्णरुपमा खुलेन

Taplejung landslide (7)२७ असार, ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा वितिसक्दा समेत उस्तै रहेको छ ।

सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदि बगिरहेको भए पनि थुनिएको भाग खुलेको छैन ।

नाक्ला भीरबाट पहिरोसँगै ठुला ठुला चट्टान झरेर नदी थुनेकाले थुनिएको भाग खुल्न नसकेको स्थानीय पवन श्रेष्ठले बताए । हिजो नदिको फुरुम्बु तर्फको भाग कटान गरी नदी बगेपछि तालको केहि पानी घटेपनि अहिले अबस्था उस्तै रहेको उनको भनाइ छ ।

Taplejung landslide (2)नदी बगिरहेकाले नजिकै रहेको मितलुङ बजार जोखिममा नरहे पनि ताल देखि मुनिको तमोर नदि किनारका हान्द्रुङ र दोभान सहित खोक्लिङ गाविसको थुम्बाबेसी बस्ति जोखिममानै रहेका छन् । नदी थुनिएर ताल भएको स्थान भन्दा माथिको नदीबाट बाढी आएर थुनिएको भाग खुले ती बस्ती जोखिममा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

पहिरो झरेको स्थानमा पुग्न बाटो नभएको र फुरुम्बु तर्फ नदिले कटान गरीरहेकाले थुनिएको नदी खोल्न सक्ने अबस्था नरहेको प्रहरीले बताएको छ । नदी थुनिएपछि खुलाउन आईतबार सदरमुकामबाट घटना स्थल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलि त्यसै फर्किएका थिए ।

यो पनि पढ्नुहोस्

यसरी बन्यो तमोरमा तालः तस्वीरमा हेर्नुहोस् पहिरोले निम्त्याएको जोखिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment