Comments Add Comment

प्रधानमन्त्रीसँग ‘अन्तिम’ वार्ता गर्ने माओवादी निर्णय

Mao-meet

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार अन्तिम तथा निर्णायक वार्ता गर्ने निर्णय गरेको छ । वार्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय सरकार गठनको प्रयासबारे छलफल गर्न सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा माओवादी कार्यालयको बैठक बसेको थियो ।

बैठकले सहमति कार्यान्वयनबारे अन्तिम र निर्णायक वार्ता गर्ने निर्णय गरेको नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘सहमति कार्यान्वयन गर्ने कि नगर्ने भनेर प्रधानमन्त्रीसँग अन्तिम वार्ता गर्ने निर्णय भएको छ ।’ उनले वार्ता आजै हुने पनि बताए ।

गत वैशाख २३ गते एमाले र माओवादीबीच भएको नौ बुँदे सहमतिसँगै तीन बुँदे भद्र सहमति पनि भएको भन्दै माओवादीले त्यसको कार्यान्वयन गर्न माग गर्दै आएको छ । सत्ता हस्तान्तरण भद्र सहमतिको मुख्य विषय भएको माओवादी नेताहरुको दाबी छ ।

माओवादीले संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत, पुनर्निर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंगो लगाउन राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको छ ।

राष्ट्रिय सहमति जुन पार्टीको नेतृत्वमा भए पनि आफूहरुलाई स्वीकार्य हुने माओवादी अध्यक्ष प्रचण्डले बताउँछै आएका छन् । यदि माओवादीकै नेतृत्वमा सहमति जुटे पनि सरकारको नेतृत्व गर्न पछि नहट्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment