Comments Add Comment

मिनरल वाटरका चार ब्राण्डमा शीलबन्दी, कुन कुनमा ताला लगाइयो ?

pani

सरकारी अनुगमन टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ कञ्चनवस्तीस्थित चार वटा मिनरल वाटर कम्पनीमा शिलबन्दी गरिएको छ । आपूर्ति व्यबस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गएको टोलीले ती कम्पनीमा पर्याप्त सरसफाइ नभएको भन्दै शिलबन्दी गरि तीन दिनभित्र प्रष्टिकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

अनुगमन टोलीले ब्रान्डको पानी उत्पादन गर्दै आएको मातातिर्थ स्प्रिङ मिनरल वाटर र  अक्वा २४ क्यारेट र अक्वा संसार ब्राण्डका पानी उत्पादन गर्दै आएको स्प्रिङ मिनरल वाटरमा शिलबन्दी गरेको हो । ती दुबै कम्पनीको पानी प्रशोधन हुने स्थानमा फोहोर भएको, कम्पनी परिसरमा रहेको शाैचालय अत्यन्तै फोहोर भइ दुर्गन्धित अवस्थामा रहेकाले शिलबन्दी गर्नु परेको अनुगमन टोलीका संयोजक दीपकराज पौडेलले  जानकारी दिए ।

अनुगमन टोलीले अनुगमनमा आएको थाहा पाएपछि अन्य पानी उद्योग बन्द गरेर भागेका थिए । उद्योगमा चावी लगाएर भागेपछि अनुगमन टोलीले चाबी खोल्न लगाएर अनुगमन गरेको थियो । सोक्रममा सफा ब्रान्डको पानी उत्पादन गर्दै अाएको सगरमाथा फुड एन्ड वेभरेज र एवान ब्रान्डको पानी उत्पादन गर्दै अाएको रोयल ल्याण्डमा पनि अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

Waterकेही व्यक्तिहरुले ति कम्पनिहरु केहि महिनादेखि नै बन्द रहेको दाबी गरे पनि अनुगमन टोलीले सोमबार नै काटिएका बिल र मेसिनहरु चलिरहेको फेला पारेपछि शिलबन्दी गरिएको जल्ला प्रशासन कार्यालय काठमान्डाैकी बजार संरक्षण अधिकृत शिला सापकोटाले बताइन् ।

यसअघि रोयल ब्राण्डको पानी कम्पनिलाई गत जेठ १८ गते गुणस्तर बिभागले पानीको शुद्धीकरणको मापदण्ड पूरा गर्न निर्देशन दिइसकेको थियो । तर सोमबार अनुगमनका क्रममा उक्त निर्देशन पालना नभएको पाइएपछि त्यस कम्पनी शीलबन्दीमा परेको अनुगमन टोलीका संयोजक पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा पानीको शील प्याकको मापदण्ड पूरा नभएको, पानी प्रशोधनको मापदण्ड पूरा नभएको, पानी प्रशोधन गर्ने स्थान नजिकै रहेको शाैचालय अत्यन्त दुर्गन्धित रहेको पाइएको थियो ।

मातातिर्थ क्षेत्रमा १४ वटा पानी उद्योगहरू भएपनि सरकारी टोलीले चार वटा उद्योगमा मात्रै अनुगमन गर्न भ्याएको थियो । टोलीले चारवटैमा शिलबन्दी लगाएको हो ।

अनुगमन टोलीमा आपूर्ति व्यवस्थापन बिभागका अधिकृत पौडेल, आपूर्ति मन्त्रालयका कपिलप्रसाद रेग्मी, जिल्ला प्रशासन कार्यालयक काठमाडौंकी अधिकृत शीला सापकोटा, खानेपाली बोर्डका बोधराज दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका कर्णबहादुर चन्द, दशरथकुमार बर्मा, प्रहरी र आपूर्तिमन्त्रीको स्वकीय सचिवालयको टोली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment