Comments Add Comment

बैंकका अध्यक्ष धिताल भन्छन्- दुई कार्यकालको सीमा हटाउनु ठिक छैन

Bishnu-prasad-dhital२८ असार, काठमाडौं । बैंकमा सञ्चालक रहेका सांसदहरुको सक्रियतामा अर्थ समितिले सांसदहरुको कार्यकाल नोतोकि संसदमा पठाएको विषयमा पुन बहस सुरु भएको छ । धेरै बैंकर्सर्हरुले कार्यकाल तोक्न नहुने धारणा सहित पहल गरिरहेको बेला केहि बैंकर्षले भने कार्यकाल तोक्नै पर्ने धारणा राखेका हुन् ।

एपेक्स डेभ्लोमेन्ट बैंकका अध्यक्षविष्णु प्रसाद धितालले एक कार्यकाल नै प्रयाप्त हुने र बढिमा दुई कार्यकाल भन्दा एउटै व्यक्ति सञ्चालक वा अध्यक्षको हुन नपाईने व्यवस्था गरिनु पर्ने बताए । उनले केही सांसदसमेत रहेका बैंकर र बैंकर्स संघका अधिकारीहरु कार्यकाल तोक्न नहुने विषयमा लविङ्ग गर्दै हिडेता पनि यसो गर्दा वित्तीय क्षेत्रमा विश्वास गुम्नुका साथै धरासायी हुने बताएका छन् ।

बैंकका संचालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने लगायतका विषयमा आˆनो समर्थन नरहेको समेत धारणा राखेका छन् ।

‘सबै कार्यकाल तोक्न हुन्न भन्ने सबै बैंकर वा सञ्चालकहरुको धारणा हैन म पनि एउटा बैंकको अध्यक्ष हु तर म कार्यकाल नतोकेर लोकतान्त्री कदमबाट पछाडी हट्ने र वित्तीय क्षेत्रलाइ ध्वस्त बनाउने पक्षमा छैन,’ धितालले भने- ‘त्यसोत म अध्यक्ष भएको बैंक मर्ज हुदै छ त्यसैले पनि यसो भन्यो भन्नु होला त्यसो बैंहर धेरै बैंकरहरुने यसको पक्षमा छैनन ।’

उनले बैंक तथा वित्तीय संस्थालाई अझै प्रभाबकारी बनाउन र सबैको पहुचमा वित्तीय क्षेत्र पुर्‍याउनको लागि अझ बढि प्रभवकारी काम गर्नु पर्ने धारणा समेत राखेको छन् यसको लागि राष्ट्र बैंकले उचीत कदम चाल्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment