+
+
Shares

ओलीलाई चिठी लेख्दै प्रचण्डले भने- सरकारमा रहिरहन राजनीतिक रुपले मिलेन

'डिभोर्स पत्र'ले राष्ट्रिय सहमति निर्माण हुने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १७:३९

Kp-oli-and-Prachanda

२८ असार, काठमाडौं । एमाले नेतृत्वको सरकारबाट माओवादी किन बाहिरिएको होला भन्ने प्रश्न उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । यो पत्रले राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने प्रचण्डले विश्वास गरेका छन् ।

प्रचण्डले ओलीलाई लेखेको पत्रमा भनिएको छ-‘वर्तमान सरकारको नेतृत्वले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा अब हाम्रो पार्टी यस सरकारमा सहभागी भइरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।’

पार्टीका सबै मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको जानकारी गराउँदै प्रचण्डले पत्रमा भनेका छन्-‘हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।

हेर्नुहोस् पत्र

Prachanda-letter-to-kp-oli

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?