+
+

लौ दिनुहोस् चेतनलाई काम, चलचित्रबाट आएन रे अफर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते १०:२३

chetan sapkota
नेपाली चलचित्र क्षेत्रमा एकाध संगीतकार छन्, जसको हातमा यति धेरै काम छ कि के भन्ने । तर, एकजना यस्ता संगीतकार पनि छन्, जसले काम नपाएको भनेर गुनासो गरिरहेका छन् ।

गायक तथा संगीतकार चेतन सापकोटाको हातमा चलचित्र नै छैन रे । उनले एक कार्यक्रममा आफ्नो हातमा चलचित्र नै नभएको बताए । उनले भने-‘अहिले मेरो हातमा चलचित्र नै छैन । ‘सयपत्री’ नामक चलचित्र मात्र मसँग छ ।’

धेरै चलचित्रकर्मीले अफर नै नआएपनि उत्कृष्ट काम नआएसम्म नगर्ने बताउने गरेको भन्दै उनले भने-‘म यस्तो भन्दिन । काम आयो भने म गर्न तयार छु । तर, अफर नै आउँदैन त के गर्नु ।’

माओवादी पार्टीमा लागेपछि संगीतकार सापकोटा राजनीतिमा सक्रिय भए । उनलाई अन्य केही संगीतकार उछिनेपछि उनको हातमा अफरको कमी भएको हो ।
चलचित्रको अफर नै अनाएको बताउन थालेका चेतनलाई अब कसले काम दिन्छ, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?