Comments Add Comment

पर्वतमा जन्ती बस दुर्घटना, ८ घाइते

३० असार, पर्वत । पर्वतमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका ६ दुर्लुङ्गस्थित सल्यानमा बुधबार साँझ बस दुर्घटनामा परेको हो ।

accidentकुश्मा नगरपालिकाको पकुवा दुर्लुङबाट बेहुली लिएर र्फकने क्रममा बस सडकबाट ५ मिटर तल खसेको थियो ।

बस खस्दा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइते मध्येका एकलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

तिव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटनामा परेको हुनसम्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment