३ साउन, मोरङ । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२/०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो ।
सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन् ।
खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4