+
+
Shares

रक्सी खान नेपाल आएका भारतीयले असई कुटे

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते ७:०९

४ साउन, काठमाडौं । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।

Nepal-Police-Logoबाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी आन आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका आजको अन्नपूर्णमा समाचार छ ।

बाराको बेलदारीमा रहेको भट्टीमा रक्सी सेवन गरेर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन् ।

स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?