Comments Add Comment

भारतको गुडगावमा नेपाली मजदूरमाथि कुटपिट

India

नयाँ दिल्ली । भारतको राजधानी नजिकै रहेको गुडगावमा फेरी नेपाली मजदूरहरुले कुटपीट र अमानवीय व्यवहार खेप्नु परेको छ ।

६ महिना पहिला पनि गुडगावमा नेपाली श्रमिक केशव गमाल मगरमाथि भएको कुटपिट र दूव्र्यवहारबाट आहात भई आत्महत्या गर्न पुगेको घटना सेलाउन नपाउँदै यो घटना दोहरिएको छ ।

१२ जुलाईका २०१६ का दिन गुडगाव सेक्टर २५ वानी स्वायर मोलस्थित थाइची रेस्टुरेन्टमा कार्यरत ११ नेपाली श्रमिकहरु माथि होटल मालिक र पुलिस प्रशासनको मिलेमतोमा कुटपिटका साथै दुव्र्यवहार गरिएको पीडीतहरुले बताएका छन् । कुटपिटमा परेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको पीडितमध्येका एक एकबहादुर सुनारले बताए ।

सुनारका अनुसार तीन जनालाई अत्यन्तै अमानवीय प्रकारले कुटपिट गरिएको र बाँकी ८ जनालाई कुखुरा (मुर्गा) बनाएर घण्टौं शारिरीक यातना दिइएको थियो । गुडगावको सेक्टर ५० स्थित रहेको पुलीस ठानामा सम्पूर्ण नेपाली श्रमिकहरुलाई दुव्र्यवहार गरिएको थियो ।

होटल मालिक र पुलिसद्वारा गरिएको दूव्र्यवहारबाट पीडितहरुमा दाङ काभ्रेका एकबहादुर सुनार, सन्दीप सुनार, मदन सुवेदी, नेमराज विश्वकर्मा, विष्णु सुनार, लक्ष्मीपुरका छवि विश्वकर्मा, केशव काफ्ले, विक्रम विष्ट, लोहारपानीका इश्वर घर्ती, अर्घाखांची नुवाकोटका दिनेश घर्ती र प्यूठान कोचिबाङका महेश्वर परियार छन् । एकबहादुर सुनार, इश्वर घर्ती र सन्दीप सुनारलाई मरणासन्न हुने गरी कुटपीट गरिएको थियो ।

एकबहादुर सुनारका अनुसार थाइ ची रेस्टुरेन्टमा कार्यरत नेपाली श्रमिकहरुलाई समयमा तलब नदिइएकोले उनीहरुलाई दैनिक जिवीका उर्पाजन, कोठा भाडा आदिका लागि समस्या भइरहेको थियो । समुहिक रुपमा जागीर छाडेका उनीहरुलाई होटल मालिकले पुलिस लगाएर मरणासन्न हुनेगरी कुटपिट गरेको हो । उनीहरुले १ महिलाको तलव नदिएको र पासपोर्टपनि जफत गरिएको छ ।

घटनाको जानकारी पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले दोषीलाई कारबाही र पीडितहरुलाई उचित क्षतिपुर्तिको माग गर्दै गुडगाव जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले दिल्लीस्थित लेवर कोर्टमा पनि मुद्धा दायर गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment