+
+
Shares

गाजामा इजरायली हवाई आक्रमणमा १६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २१:४२

२१ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाइ आक्रमणमा १६ जनाको मृत्यु भएको छ । जसमा कम्तीमा तीन जना बालबालिका छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजापट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा रहेका थिए ।

पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् ।

इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । एएफपीले सम्पर्क गर्दा प्रवक्ताले विवरण संकलन भइरहेको जानकारी दिएका थिए ।

सेनाले बिहान जारी गरेको वक्तव्यमा गत दुई दिनको अवधिमा गाजा क्षेत्रमा १०० भन्दा बढी ‘आतंककारी लक्ष्यहरू’ मा आक्रमण गरिएको बताइएको छ । वक्तव्यअनुसार केही हतियार गोदाम फेला पारिएको र केही लडाकुहरूलाई मारिएको दाबी गरिएको छ ।

इजरायलले मार्च १८ बाट दुई महिनाको युद्धविराम पछि पुनः गाजामा सैन्य कारबाही सुरु गरेको हो । यो द्वन्द्व हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली भूमिमा गरेको आक्रमणपछि सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण पुनः सुरु भएदेखि हालसम्म ५२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

इजरायलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । इजरायली पक्षका अनुसार नाकाबन्दीको उद्देश्य बन्धक मुक्त गर्न दवाब सिर्जना गर्नु हो । संयुक्त राष्ट्रसंघका निकायहरूले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?